Tuesday , 18 December 2018
News update
Home >> Features >> फ्राइडे रिलिजमा आर्यन र साम्राज्ञको प्रतिक्षीत चलचित्र ‘कायरा’ प्रदर्शनमा

फ्राइडे रिलिजमा आर्यन र साम्राज्ञको प्रतिक्षीत चलचित्र ‘कायरा’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘कायरा’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कायरा’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘कायरा’ प्रदर्शनमा आएको छ।चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।‘कायरा’ लाई फिलिपिन्स र नेपालको रमणीय ठाँउमा छांयाकन गरिएको

चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह,शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा पटकथा तथा संवाद केदार भुषालको छ ।

‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*