सलमान खानको ज्वाँई आयुष शर्मा अभिनित ‘लवरात्री’को ट्रेलर सार्वजनिक (भिडियो) Posted by: namastefilmy August 6, 2018 चलचित्र ‘लवरात्री’को ट्रेलर सार्वजनिक गरिएको छ ।सलमान खानले आफ्नो ब्यानरमा निर्माण भएको ‘लवरात्री’बाट सलमानको बहिनि ज्वाँई आयुष शर्माले बलिउडमा डेव्यु गर्दैछन् । रोमान्टिक लभस्टोरीमा गुजरातको कथामा निर्माण गरिएको यस चलचित्रमा वरीना हुसैनले पनि बलिउडमा डेव्यु गर्दै छन् । सार्वजनिक ट्रेलरमा आयुष र वरीनाको केमेष्ट्रि आर्कषक देखाइएको छ । चलचित्रमा आयुष र वरीना सगै राम कपुर, रोनित राय,सोहेल खान अरबाज खान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस चलचित्रलाई अभिराज मीनावालानिर्देशक गरेका हुन् । चलचित्र ५ अक्टुबर बाट प्रदर्शनमा आउदैछ । 2018-08-06 namastefilmy Share ! tweet