Tuesday , 16 October 2018
News update
Home >> Features >> हेटौंडाको ओम्याक्स हलमा आगोलागी,हल पुरै ध्वस्त

हेटौंडाको ओम्याक्स हलमा आगोलागी,हल पुरै ध्वस्त

हेटौंडाको पहिलो अत्याधुनिक हल ओम्याक्स हल आगोलागीले क्षण भरमै ध्वस्त भएको छ । २०६९ जेठ बाट सञ्चालनमा आएको ओम्याक्स हल आज बिहान १० बजे आगलागी हुँदा क्षण भरमै ध्वस्त भएको छ । हल चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य रहेका नरेन्द्र महर्जनको हो ।

तीन करोड लागतमा निर्माण गरिएको ओ म्याक्स हललाई आगोले केही समयमा नै ध्वस्त बनाइदियो । ओम्यक्सहल हेटौंडामा सुविधा सम्पन्न पहिलो हल थियो । ८ कठ्ठा क्षेत्रफलमा बनेको हलमा एक साथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्थे । अहिले हलमा कायरा फिल्म प्रर्दश भइरहेको थियो ।

सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्स फिल्म हल काठमाडौंको सिभिल महलको जस्तै क्युएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन रहेको थियो । काठमाडौंको जय नेपाल हलमा भए जस्तै व्यवस्थापन रहेको हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधा थिए । सिनेमा हलले १५ जनालाई रोजगार दिएको थियो ।

सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । ओम चलचित्र हल २०४४ सालमा स्थापना भएको थियो । केही महिना अघि मात्र हलको मर्मत गरेर सिट तथा कार्पेट परिवर्तन गरिएको थियो । आगोलागीले हल भित्र रहेका सबै उपकरणसहित भवन समेत ध्वस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*