चलचित्र ‘ब्ल्याक’प्रचार प्रसारको लागि आँचल शर्मा र आकाश श्रेष्ठ चितवनमा(भिडियो) Posted by: namastefilmy August 9, 2018 भदौं १ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’अहिले प्रचार–प्रसारमा को लागि मोफसलको यात्रामा रहेको छ। पूर्वको विराटनगरदेखी देश दौडाहा सुरु गरेको निर्माण टिमले विहीबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा युवा पुस्ताकी चर्चित नायिका आँचल शर्माले यसवर्षको आफ्नो एक मात्र चलचित्र ‘ब्ल्याक’ आमदर्शकले मन पराउनेमा विश्वास व्यक्त गरिन् । “हामीले निकै मेहनत गरेका छौं, भदौं १ गतेबाट हामीले गरेको कामको मूल्यांकन दर्शकहरुले गर्नुहुनेछ”–आँचलले भनिन् । उनले अध्यारो भित्रको प्रेम कथालाई चलचित्रमा उतारिएको बताईन् । मायाले नै मानिसलाई उर्जा दिन्छ भन्ने सन्देश चलचित्रले दिने उनको भनाई छ । चलचित्रका नायक आकाश श्रेष्ठले ‘ब्ल्याक’ लभस्टोरी चलचित्र भएको बताए । उनले हाम्रै समाजमा भएका घटनाहरुलाई चलचित्रमा उतारिएकोले यसले मनोरञ्जन मात्र नभई सन्देश समेत दिने बताए । “हामी सम्पूर्ण टिमले निकै मेहनत गरेका छौं, चलचित्रबाट दर्शकहरुले भरपुर मनोरञ्जन पाउनुहुनेछ”–नायक आकाशले भने । नायक आकाशको भदौंमा अन्य चलचित्र पनि प्रदर्शनमा आउँदैछन् । तर भदौं महिनाको पहिलो चलचित्र ‘ब्ल्याक’ आम दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरे । पछिल्लो समय नायक आकाश निकै व्यस्त छन् । उनको एकपछि अर्को गरी चलचित्रहरु प्रदर्शनमा आईरहेका छन् । चलचित्रका निर्देशक प्रदीप श्रेष्ठले जीवनका रंगहरुलाई नै चलचित्रमा ब्ल्याकमा हेर्न पाईने बताए । उनले चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकहरुले मन पराउनेमा विश्वास व्यक्त गरे । निर्देशक श्रेष्ठले भदौं १ गते नै अन्य नेपाली चलचित्रहरु प्रदर्शनमा आएपनि व्ल्याकलाई कुनै असर नपर्ने बताए । यस्तै निर्मात्री आश्मा पाण्डेले लभस्टोरी, कमेडी, एक्शन सबैको समिश्रणमा चलचित्र ‘व्ल्याक’ बनेको बताईन् । मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् । 2018-08-09 namastefilmy Share ! tweet