Wednesday , 17 October 2018
News update
Home >> Features >> यशकुमार र विन्दु परियार श्वरमा ‘छिरिङ’ कर्णप्रिय गीत सार्वजनिक(भिडियो)

यशकुमार र विन्दु परियार श्वरमा ‘छिरिङ’ कर्णप्रिय गीत सार्वजनिक(भिडियो)

असोज १२ गते गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ’को गीत सार्वजनिक गरिएको छ ।निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ’को ‘तिमीले त मायामा…’गीतमा निकै कर्णप्रिय शब्द, स्वर र संगीत रहेको छ ।

यशकुमार कै संगीत, शब्द र स्वर रहेको गीतमा फिमेल स्वर विन्दु परियारको रहेको छ । गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्यांकन गरिएको छ ।

कागबेनी रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । गीतले केही प्लट रहस्योद्घाटन गरिदिएको छ । जसअनुसार रुम्बा अमेरिका रिन्टर्स युवक छन् । घोडा चढेका यशकुमारलाई गीतले अन्तिममा युवतीको लभ इन्ट्रेस्टको रुपमा फिचर्ड गरिदिएको छ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*