Tuesday , 11 December 2018
News update
Home >> Features >> बहुप्रतिक्षीत चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक

बहुप्रतिक्षीत चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक

यस बर्षको बहुप्रतिक्षीत चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ ।गीत संगीत र ट्रेलर सार्वजनिक भएपछि बजारमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’को पोष्टरले अझै चलचित्रप्रतिको कौतुहलता बढाएको छ ।

चलचित्रको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ ।साथमा चलचित्रका मुख्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि चलचित्रको पोष्टरमा देख्न सकिन्छ ।

भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर चलचित्रकर्मी र दर्शकलाई सरप्राइज समेत बनाएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ ।सवा २ घन्टा लामो यो चलचित्रले दर्शकलाई मनोरञ्जनका साथै सरप्राइज पनि दिने निर्देशक थापा बताउछन् ।

सुदर्शन थापाको कथा रहेको यस चलचित्रलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रब निश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*