सलोन र साराको ‘सुश्री सम्पति’ मंसिर २८मा आउने Posted by: namastefilmy August 13, 2018 भाद्र २२ मा प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘सुश्री सम्पति’को रिलिज डेट पोस्टपोण्ड गरिएको छ ।अब यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुने भएको छ । चलचित्रका निर्देशक तथा रंगपत्रकार सुब्रतराज आचार्यका अनुसार ‘सुश्री सम्पति’को पोस्ट प्रोडक्सनको काम सक्न केहि समय लागने भएकोले आफुले सिनेमाको रिजि पोस्टपोण्ड गरेको बताए पनि ठुला चलचित्र रामकहानी र रोजी एक साथ भाद्र २२ मा नै रिलिज हुने भए पछि ‘सुश्री सम्पति’पछि सरेको हो ।चलचित्रको केहि समय अघि सार्वजनिक गरिएको ‘हुकुम बक्सियोस बोलको गीतले यतिवेला बजारमा राम्रो चर्चा पाइरहेको छ । चलचित्रमा सलोन बस्नेत , सारा सिर्पाली ,बिनोद न्यौपान, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा सुरेश अधिकारीको संगीत ,कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । 2018-08-13 namastefilmy Share ! tweet