Saturday , 22 September 2018
News update
Home >> Features >> संचारकर्मी गिरिजा अधिकारीको ‘ए सरकार’ मा भीमफेदी गाइज (भिडियो)

संचारकर्मी गिरिजा अधिकारीको ‘ए सरकार’ मा भीमफेदी गाइज (भिडियो)

संचारकर्मी तथा साहित्यकार गिरिजा अधिकारीको शब्दमा रहेको रहेको ‘ए सरकार’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भीमफेदी गाइजले अभिनय गरेको यस भिडियोमा बेरोजगारी युवाकाे समस्या, युवाहरुले ऋण काडेर विदेशिनु परेको पीडा र नेपालको मायालाई गीतमा उतारिएको छ।गीतमा विकास पाण्डेको संगीत ,पुष्पन प्रधान को स्वर र रिकेश गुरुङ ‘की’ को एरेन्ज रहेको छ ।

निर्मल लामाको निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङक छायांकन तथा सम्पादन गरेका हुन् ।संचारकर्मी गिरिजा अधिकारीले बेरोजगारी युवाकाे समस्यालाई गीत मार्फत प्रस्तुत गरिएकोले दर्शक तथा स्रोतालाई मन पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*