Saturday , 22 September 2018
News update
Home >> Uncategorized >> आर्यन र सृष्टिको ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक(भिडियो)

आर्यन र सृष्टिको ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक(भिडियो)

असोज ५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको बिच
चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो ।

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य अभिनय रहेको सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ ।काठमाडौं र कुलेखानीको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र सृष्टिको केमेष्ट्रि उत्कृष्ट देखिएको छ ।

‘बाँध मायाले’लाई अ सविर श्रेष्ठले निर्देशन गरेका हुन् । काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् ।

‘बाँध मायाले’बाट नेपाली सिनेमामा किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गदैछन् ।चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*