Tuesday , 11 December 2018
News update
Home >> bollywood >> ‘गोल्ड’ र ‘सत्यमेव जयते’को पहिलो दिन बक्स अफिसमा शानदार कलेक्सन

‘गोल्ड’ र ‘सत्यमेव जयते’को पहिलो दिन बक्स अफिसमा शानदार कलेक्सन

भारतको स्वतन्त्रता दिवसको अवसर पारेर वुधबारदेखि प्रदर्शनमा आएको दुई चलचित्र ‘गोल्ड र सत्यमेव जयते’ शानदार कलेक्सन गरेका छन् ।बुधबार बिदाको दिन बक्स अफिसमा यी दुई चलचित्रले ४५ करोड भन्दा बढीको कलेक्सन गरेका छन् ।

हक्की खेल सम्बन्धि निर्माण गरिएकोअक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’ ले पहिलो दिन भारतिय बक्स अफिसमा धमाका मच्चाएको छ । गोल्डले पहिलो दिनमै घरेलु बक्स २५ करोड २५ लाख कमाएको छ ।

अक्षय कुमारको मुख्य भुमिकामा रहेको फिल्म गोल्ड को काहानी लन्डन ओल्मपिक १९४८ मा भारतको जीतमा आधारित भएर तयार पारिएको छ । फरहान अख्तर र रितेश सिधवानीको ब्यानरमा भएको यस चलचित्रमा क्षयका साथ साथै मौनी राय, अमित साध, कुनाल कपूर र सनी कौशल मुख्य भूमिकामा देखिएका छन् ।

त्यस्तै चलचित्र ‘सत्यमेव जयते’ देशमा भइरहेको भष्टाचार विरुद्ध आवाज उठाएको छ । ‘सत्यमेव जयते’ ले पहिलो दिन भारतिय बक्स अफिसमा २०.५२ करोडको कमाई गरेको छ ।चलचित्र ‘सत्यमेव जयेत को पुरानो गीत दिल्वर दिल्वरलेले लाई दर्शक तथा स्रोताले निकै मन पराएका छन् ।चलचित्रलाई मिलापले निर्देशन गरेका हुन् ।चलचित्रमा जोन अव्राह्म र मनोज वाजपेयी मुख्य भूमिकामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*