Monday , 17 December 2018
News update
Home >> Features >> प्रतिक्षीत चलचित्र ‘रामकहानी’ को प्रसार प्रसारमा नेपाल आइडलकी काउली बुढी(भिडियो)

प्रतिक्षीत चलचित्र ‘रामकहानी’ को प्रसार प्रसारमा नेपाल आइडलकी काउली बुढी(भिडियो)

बर्षको बहुप्रतिक्षीत चलचित्र ‘रामकहानी’ यहि शुक्रबार अर्थात् भाद्र २२ गते बाट प्रदर्शन आउदै छ ।गीत संगीत र ट्रेलरले दर्शकको मन जिती रहेको यस चलचित्रलाई सफल निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ जस्ता हिट चलचित्र दिएका निर्देशक सुदर्शन थापाको ‘रामकहानी’लाई यस बर्षको प्रतिक्षीत चलचित्रको रुपमा लिएको छ।प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘रामकहानी’को अहिले प्रचार प्रसार व्यापक रुपमा भै रहेको छ।

चलचित्रको प्रसार प्रसारमा साथ दिदै आएका केदार घिमिरे र जितु नेपाल यति बेला अवार्डक लागि अमेरिका रहेको हुदा निर्देशक सुदर्शन थापा, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अहिले चलचित्रको प्रचारमा लागि परेका छन् ।चलचित्रका निर्देशक सुदर्शन थापाले यस पल्टको आफ्नो चलचित्र पहिलाको भन्द धेरै फरक र कथा नै उत्कृस्ट भएकोले अझै बढी प्रसार प्रसारमा लागेका बताएका छन् ।

चर्चित रियालिटी शो नेपाल आइडल कि प्रतियोगी काउली बुढी यानिकी सन्ध्या बुढाले समेत चलचित्र ‘रामकहानी’को प्रसार प्रसारमा साथ दिएकी छिन् ।पत्रकार उत्सव रसाइलीको रमाइलो छ अनलाईन टिभीमा काउली बुढीले चलचित्रका निर्देशक सुदर्शन थापा, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ सग कुराकानी गर्दै चलचित्र युनिटलाई सपोट गरेकी हुन् ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई,शोबित बस्नेतको मुख्य भूमिका रहेको छ ।

सुदर्शन थापाको कथा रहेको यस चलचित्रलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रब निश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*