Saturday , 22 September 2018
News update
Home >> Features >> चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ ।नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर लन्च गरियो । थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । ट्रेलर आकर्षक लाग्छ ।

पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए ।

नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।

पेमा धोन्डुप निर्देशक हुन् । उनी निर्देशित फिल्म ‘वी आर नो मंक्स’ (२००४)ले सुखद समिक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*