Saturday , 22 September 2018
News update
Home >> Features >> गायक बिनय केटुको ‘सारङि रेटौला’ गीतको भिडियो सार्वजनिक

गायक बिनय केटुको ‘सारङि रेटौला’ गीतको भिडियो सार्वजनिक

मिठो स्वरका धनी गायक बिनय केटुको नया गीत ‘सारङि रेटौला’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।बिगत लामो समय देखि गायन यात्रा देखि म्युजिक एरेन्जरको रुपमा कार्यरत गायक बिनयले यस्ता थुप्रै हिट हिट गीतहरु दर्शकमाझ राखेर सफल गायकको रूपमा स्थापित भैसकेका छ्न ।

‘आरोही २’ एल्बममा सामबेश ‘सारङि रेटौला’ गीतमा गायक बिनयले आफै संगीत एरेन्ज गरेका छ्न ।गीतमा गीतकार तथा संगीतकार समय खड्काले शब्द रचना तथा संगीत भरेका छ्न भने गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन ।

गीतको यस भिडियोमा चर्चित मोडल एलिशा राई,निराजन प्रधान ,अस्विना केसि र बुद्धन थापाको अभिनय रहेको छ । क्यामेरामेन अर्जुन तिवारीले खिचेको यस गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।

निकै आकर्षण र लोभलाग्दो भाव अनि कथालाई बुनेर तयार भएको यस गीतको म्युजिक भिडियोलाई चर्चित गायकले निकै उत्कृष्ट तरिकाले निर्देशन गरेका छ्न । भिडियोलाई गायक बिनयकै श्रीमती लोईश ठकुरिले निर्माण गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*