Tuesday , 16 October 2018
News update
Home >> Features >> आज नारायणगढस्थित क्याम्पाचौरमा नायक अनमोल केसीको ’अनमोल इभ-२०१८’हुदै

आज नारायणगढस्थित क्याम्पाचौरमा नायक अनमोल केसीको ’अनमोल इभ-२०१८’हुदै

भदौं २३ अर्थात् आज नारायणगढस्थित क्याम्पाचौरमा नायक अनमोल केसीको ’अनमोल इभ-२०१८’ हुदैछ ।मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा हुने ’अनमोल इभ-२०१८’ मा स्थानीय आयोजकको रुपमा द सिल्ड चितवनले आयोजना गर्न लागेको हो ।

कार्यक्रममा चर्चित नायक अनमोल केसीले आफै गित पनि गाउने भएका छन् । कन्र्सटमा नायिका प्रियंका काकी, भेटेन लगायत राष्ट्रिय तथा स्थानीय व्याण्डहरुको विशेष प्रस्तुती रहने छ ।

कार्यक्रममा नायक केसीको नृत्यसंगै दुई वटा गीत प्रस्तुत हुनेछ । अनमोलले स्टेजमा के यो माया हो र तुरुरुरु बोलको गीत पनि गाउने छन् । उनको लाईभ नृत्य समेत दर्शकहरुले हेर्न पाउने छन् । नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका साथै युवा पुस्ताको मनमा बस्न सफल नायक अनमोलको यो पहिलो अफिसियल कन्सर्ट टुर हो ।नायक अनमोलसंगै नायिका प्रियंका कार्कीको पनि विशेष प्रस्तुती रहनेछ ।

’अनमोल इभ-२०१८’ दिउँसो २ बजेदेखी साँझ ८ बजेसम्म चल्नेछ ।चितवनमा करिव १० हजार दर्शकको उपस्थिति रहने आयोजकले विश्वास लिएको छ । दर्शकको सहजता र सर्बसाधरण दर्शकलाई प्रवेशमा सहज होस् भन्नका लागि २०० रुपैयाँदेखिको टिकट व्यवस्था गरिएको छ ।अग्रिम टिकट खरिद गर्नेले यो मूल्यमा टिकट पाउने छन् भने सोही टिकट कार्यक्रमको दिन ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै ५०० रुपैयाँको टिकटमा स्न्याक्स, एक हजारको टिकटमा डिनर, ३ हजार रुपैयाँको टिकटमा नायक अनमोललगायतका कलाकारसंग बसेर डिनर र स्टेजको पहिलो भागमा बसेर कार्यक्रम हेर्न पाउने ब्यबस्था गरिएको मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंका अध्यक्ष जि.सी. ले बताए ।

विनापारिश्रमिक यो इभेन्टमा आवद्ध भएका उनीहरुले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुति दिदै आएका हुन् ।नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ’अनमोल इभ–२०१८’ ९ गते रुपन्देहीको बुटवल र १६ गते पोखरा सम्पन्न भैसकेको छ र भदौ २७ गते बिर्तामोडमा हुनेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*