Saturday , 22 September 2018
News update
Home >> Features >> यश कुमार र निमा रुम्बा अभिनित ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक(भिडियो)

यश कुमार र निमा रुम्बा अभिनित ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक(भिडियो)

आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्मले पेश गर्न खोजेको छ ।

अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ मा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

असोज १२ गते बाट प्रदर्शनमा आउने ‘छिरिङ्ग’मा यश कुमार, निमा रुम्बा र कामना भुजेलको मुख्य अभिनय रहेको छ।कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् । कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*