Saturday , 22 September 2018
News update
Home >> Features >> प्रिमियरमा चलचित्र ‘साली कस्को भेनाको’लाई राम्रो प्रतिक्रिया

प्रिमियरमा चलचित्र ‘साली कस्को भेनाको’लाई राम्रो प्रतिक्रिया

यहि भद्रा २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साली कस्को भेनाको’ सोमबार राजधानीमा प्रिमियर सम्पन्न भएको छ ।प्रिमियर शोमा चलचित्र हेर्न चलचित्रकर्मी र चलचित्र पत्रकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेरी सके पछि पत्रकार र चलचित्रकर्मी चलचित्र राम्रो बनेको भन्दै तारिफ गरेका छन् ।यहि शुक्रबार बाट प्रदर्शनमा आउने ‘साली कस्को भेनाको’को प्रिमियरमा राम्रो प्रतिक्रिया पाए पछि आफुले थप हौसला मिलेको चलचित्रका प्रस्तुतकर्ता पुराना निर्माता प्रसाद श्रेष्ठले बताए ।

कमेडी जनराको यस चलचित्रलाई प्रिमियरमा राम्रो प्रतिक्रिया आए पछि निर्देशक भद्र भुजेलले दर्शकलाई राम्रैसँग हँसाउन सक्ने विश्वास गरेका छन् ।मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट),देब सागर बि.सी, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेना प्रसाद श्रेष्ठको प्रस्तुतीमा राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*