Saturday , 22 September 2018
News update
Home >> Features >> ‘लिलिबिली’ जोडी प्रदीप खड्का र जसिता गुरुङ पुन ‘लभ स्टेशन’ मा देखिदै

‘लिलिबिली’ जोडी प्रदीप खड्का र जसिता गुरुङ पुन ‘लभ स्टेशन’ मा देखिदै

चलचित्र ‘लिलिबिली’ को जोडी प्रदीप खड्का र जसिता गुरुङ फेरी नया चलचित्र सगै जोडी बनेर आउने भएका छन्। उज्ज्वल घिमिरेको निर्देशन रहने ‘लभ स्टेशन’ यो जोडी पुन देखिन लागेका हुन्।

असोज ५ बाट दार्जिलिङ बाट छायांकन सुरु गरिने चलचित्र लभ स्टेशनमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको कलाकारको अभिनय रहने भएको छ ।

निर्देशक उज्ज्वल घिमिरेले यो चलचित्र ठाउँको नामको आधारमा चलचित्रको नाम लभ स्टेशन जुराएको बताएका छन् । भिनेता प्रदीपले पनि फिल्मको स्क्रिप्ट साह्रै राम्रो पाएको र सिनियर निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको बताए । यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि उनले बताए ।

गोविन्द शाही चलचित्रका ‘लभ स्टेशन’ प्रस्तुतकर्ता हुन् ।आगामी फागुनको अन्तिम साता प्रदर्शन आउने तयारी गरिएको ‘लभ स्टेशन’मा
आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।चलचित्र लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*