बलिउड अभिनेता शत्रुघन सिन्हा नवलपुरको शाश्वतधाममा Posted by: namastefilmy September 13, 2018 बलिउडका चर्चित अभिनेता तथा भारतीय राजनीतिज्ञ शत्रुघन सिन्हाले बुधबार तीजको दिनमा दुम्कौली स्थित शास्वतधाममा पूजाअर्चना गरेका छन् ।काठमाडौँबाट हेलीकोप्टरमा सीजी औद्योगिक पार्क दुम्कौलीको हेलीप्याडमा ओर्लिएका सिन्हा गल्फ कारमा चढेर शाश्वतधाम परिसरमा पुगे । चार दिनअघि काठमाडौं आएका सिन्हा बुधबार हेलिकप्टरमा आएर शास्वतधाममा करिब ४५ मिनेट पूजा गरेका हुन् । उनले बिधिपूर्वक महादेवको पूजा अर्चना गरेका थिए । चौधरी ग्रुपका निर्देशक वरुण चौधरी पनि सिन्हासँगै पुगेका थिए । उनको स्वागतका लागि शाश्वतधाममा एक घण्टादेखि सर्वसाधारण कुरेर बसेका थिए । दुई वटा लाइनमा लामबद्ध सर्वसाधारणको स्वागत देखेर हलिवुडका हस्ती शत्रुघन सिन्हा छक्क परे । उनले दुई हात जोडेर नमस्कार गर्दै सर्वसाधारणलाई अभिभावदन गरेका थिए । बटुकहरुद्वारा मन्त्रोच्चारणसँगै स्वागत गरिएका सिन्हालाई नेपाली ढाकाटोपी लगाएर मन्दिर परिसरमा प्रवेश गराइएको थियो । सर्वसाधारणको स्वागत ग्रहण गर्दै शाश्वतधामको मुख्य आकर्षण एकाम्बरेश्वर शिव मन्दिर प्रवेश गरेका सिन्हाले त्यहाँ पूजापाठ समेत गरे । पूजा पाठ सकेर फर्कने बेलामा पत्रकारसँगको सिमित कुराकानीका क्रममा उनले अर्बपति विनोद चौधरी आफ्नो नजिकको मित्र भएको र चौधरीकै निमन्त्रणामा नेपाल आएको जानकारी गराए । पाललाई देवभूमि बताउँदै बलिउड अभिनेता सिन्हाले नेपालमा पशुपतिनाथ विराजमान भएकोले पशुपतिनाथको आशीर्वाद लिन आफू बेलाबेलामा नेपाल आउने गरेको खुलासा गरे । ‘यसपटक पनि पशुपतिनाथको आशीर्वाद लिएँ’ उनले भने, ‘शाश्वतधाम आउने अवसर पनि मिल्यो । शाश्वतधाम आएपछि पुनः यहाँ आउने इच्छा जागेको छ । म छिट्टै शाश्वतधाममा आउनेछु । 2018-09-13 namastefilmy Share ! tweet