Saturday , 20 October 2018
News update
Home >> Features >> ‘साली कस्को भेनाको’अर्गानिक चलचित्र हो :निर्माता प्रसाद श्रेष्ठ

‘साली कस्को भेनाको’अर्गानिक चलचित्र हो :निर्माता प्रसाद श्रेष्ठ

सन्दिप भट्ट ,भदौ २८, भरतपुर -भोलि वाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘साली कस्को भेनाको’को बुधबार चितवनमा पत्रकार सम्मेलन गरी चलचित्रको वारेमा जानकारी गराईएको छ ।

कमेडी जनरामा निर्माण भएको चलचित्र पूर्ण रुपमा अर्गानिक बनाईएको चलचित्रका निर्माता प्रसाद श्रेष्ठले जानकारी गराए । उनले भने, ‘जसरी हामी अर्गानिक तरकारी खोजीखोजी खान्छौ, त्यसरी अर्गानिक नेपालीपन बोकेको चलचित्रलाई दर्शकले खोजी खोजी हेर्छन्’।चितवनवासीले बनाएको चितवनको उपज भएको बताउदै उनले चलचित्र हेरीदिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायिका मरीस्का पोखरेलले आफ’ चलचित्रवाट आशावादी रहेको वताईन् । आफ’ कान्छी सालीको भ’मिकामा रहेको ख’लाउदै चलचित्रवाट दर्शकले भरप’र मनोरञ्जन पाउने बताईन् । चलचित्रकी अर्की नायिका रजनी गुरुङले आफ्नो भूमिका खुलाउदै आफ’ माईलो सालीको भूमिकामा रहेको खुलाईन् । ‘विवाहित महिलाको भूमिका छ’ ’ उनले थपिन्, ‘ भेनाले मलाई सताउन’ सताउछन्।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट),देब सागर बि.सी, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।चलचित्र रमाइलो बनाएकाले दर्शकले मन पराउने विश्वास यसको निर्माणपक्षको छ ।

चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेना प्रसाद श्रेष्ठको प्रस्तुतीमा राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको मिलेर निर्माण गरेका हुन् ।

मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।चलचित्रमा दिर्घ गुरुङ को छायांकन, प’ष्प आचार्यको लेखन, बनिष शाहको सम्पादन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*