Saturday , 22 September 2018
News update
Home >> Features >> फ्राइडे रिलिज :‘साली कस्को भेनाको’ प्रदर्शनमा

फ्राइडे रिलिज :‘साली कस्को भेनाको’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘साली कस्को भेनाको’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘साली कस्को भेनाको’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘साली कस्को भेनाको’प्रदर्शनमा आएको छ।चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

चलचित्र ‘साली कस्को भेनाको’मा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट),देब सागर बि.सी, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेना प्रसाद श्रेष्ठको प्रस्तुतीमा राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको मिलेर निर्माण गरेका हुन् ।

चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा पुष्प आचार्यको कथा रहको छ भने प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ ।दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्धन्द्ध निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*