Saturday , 22 September 2018
News update
Home >> Features >> अनमोल केसीको ‘ए मेरो हजुर ३’ मा सलोन बस्नेतको इन्ट्री

अनमोल केसीको ‘ए मेरो हजुर ३’ मा सलोन बस्नेतको इन्ट्री

आफ्नो अभिनयले सधै दर्शकको मन जितेका नायक सलोन बस्नेतको चर्चित चलचित्र ‘ए मेरो हजुर ३’ मा पनि अभिनय रहने भएको छ।
सुपरस्टार अनमोल केसीको सगै ‘ए मेरो हजुर ३’ सलोनको पनि मुख्य भूमिका नै रहने छ ।

‘होस्टेल’ र ‘गाजलु’मा अनमोल र सलोन सगै अभिनय गरि सकेका छन् । यस अघि ‘ए मेरो हजुर २ ‘मा काम गरेका सलोनको अभिनयले मुख्य भूमिकामा देखिएका सलिनमान बनियाँ समेत छायामा परेका थिए ।

कथाको माग अनुसार नै ‘ए मेरो हजुर ३’लिएको निर्माता सुनिल कुमार थापाले बताए । यस पाली नव नायिकाको जोडी सहित ‘ए मेरो हजुर ३’मा देखिन लागेका सलोनले आफ्नो अभिनयले लिड हिरो नै छायाँमा पर्ने गर्छन् ।

अभिनेत्री झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ बाट झरना थापाकी छोरी सुहाना थापाले अनमोल केसी सग रोमान्स गर्ने छिन् । अब यसै चलचित्र मार्फत झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् ।

नायक अनमोल केसीलाई ४५ लाख बढी पारिश्रमिकमा अनुवन्धित गरिएको यस चलचित्रलाई सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् ।चलचित्र ‘मेरो हजुर ३’ को छायांकन नहुदै रिलिज मिति पनि तय गरिएको छ ।चलचित्र चैत २९ गते फिल्म रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*