Saturday , 22 September 2018
News update
Home >> Features >> सृष्टि श्रेष्ठ र किशोर खड्का ‘बाँध मायाले’को गीतमा रोमान्टिक (भिडियो)

सृष्टि श्रेष्ठ र किशोर खड्का ‘बाँध मायाले’को गीतमा रोमान्टिक (भिडियो)

यहि असोज ५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ बाँध मायाले’ को तेश्रो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘सँग सँगै’ बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् ।

नायिका सृष्टि श्रेष्ठ र नव नायक किशोर खड्का फिचरिङ गरिएको रोमान्टिक गीतलाई कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन् ।यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यसअघि सार्वजनिक बाँध मायाले को शिर्ष गीतलाई रुचाइएको छ । फिल्मको प्रोमोले दर्शकको ध्यान तानेको छ ।

सविर श्रेष्ठ निर्देशित फिल्म बाँध मायाले मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नव नायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सह निर्माता महेन्द्र अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*