Saturday , 20 October 2018
News update
Home >> Features >> चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक

नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। अघिल्लो बर्षहरुको सर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ ।

यस अघि फिल्मको गीतहरु ‘पहिलो नम्बर’ र पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ” सार्वजनिक भइसकेको छ। पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरुको अनुहार समेटिएको छ।

फिल्ममा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन्।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।दसैंको फुलपातीको दिन चलचित्र रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*