Thursday , 15 November 2018
News update
Home >> Features >> साम्राज्ञी र धिरज मगरको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत रिलिज (भिडियो)

साम्राज्ञी र धिरज मगरको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत रिलिज (भिडियो)

यहि असोह ५ गते शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत रिलिज गरिएको छ । साम्रज्ञी राज्यलक्ष्मी शाह र डेव्यु नायक धिरज मगरलाई फिचरिंग गरिएको ‘आई एम इन्टु सि इज मिन्टु’मा सुजिल कमार्चायको शब्द तथा संगीत, केतन क्षेत्री र सुजिल कमार्चायको स्वर छ । गीतमा फिमेल स्वरमा श्रेया सोताङ्गले साथ दिएकी छन् ।

चलचित्रको सार्वजनिक गीत संगीतर ट्रेलरबाट दर्शकमाझ एक प्रकारको हाइप बनाइसकेको छ । सिनेमाको स्टार कास्ट र मेकिङ्गको अहिले सिनेमा बजारमा निकै चर्चा भैरहेको छ ।चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।

यहि चलचित्र बाट चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गर्दैछिन् ।आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*