फ्राइडे रिलिज :‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धूम ३ Posted by: namastefilmy September 21, 2018 फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’’, ‘बाँध मायाले’र ‘धूम ३’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’’, ‘बाँध मायाले’र ‘धूम ३’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ । ‘इन्टु मिन्टु लण्डनमा’ फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’प्रदर्शनमा आएको छ।यहि चलचित्र बाट चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गर्दैछिन् ।चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ । आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ । ‘बाँध मायाले’ यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘बाँध मायाले’पनि प्रदर्शनमा आएको छ।काइट्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा तयार भएको ‘बाँध मायाले’लाई सबिर श्रेष्ठको निर्देशन गरेका हुन् । चलचित्रमा सृष्टि श्रेष्ठ र आर्यन अधिकारी मुख्य भूमिकामा रहेका छन् ।सृष्टि र आर्यन सगै चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । ‘बाँध मायाले’ बाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् । ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने यस चलचित्रमा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् ।अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ । ‘धूम ३’ यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘धूम ३’ पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘धूम ३’नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको छ । चलचित्रमा जयक किशन बस्नेत सहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन्। जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम जय किशन बस्नेत र शिव बि.क.को नृत्य निर्देशन रहेको छ । 2018-09-21 namastefilmy Share ! tweet