Monday , 17 December 2018
News update
Home >> Uncategorized >> प्रमोद खरेल र रजीना रिमालको ‘तिमि हासेको पल’मा पल शाह र आचल शर्मा (भिडियो)

प्रमोद खरेल र रजीना रिमालको ‘तिमि हासेको पल’मा पल शाह र आचल शर्मा (भिडियो)

रियल जोडीको रुपमा चर्चामा रहेको आप जोडी अर्थात् पल शाह र आचल शर्माको अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा प्राय सबैको मनमा बस्न सफल आप जोडी रोमान्टिक गीत ‘तिमि हासेको पल’मा सगै देखिएका हुन् ।

‘तिमि हासेको पल’मा गायक प्रमोद खरेल र गायिका रजीना रिमालको आवाज सुन्न सकिन्छ।रोमान्टिक अनि प्रेमिल भावहरुले भरिपूर्ण गीतमा शब्द रचना भने हरि कटुवालले गरेका छन ।गीतलाई कमल अधिकारीले संगीत दिएका हुन् ।

गीतको भिडियोलाई गायक तथा निर्देशक साशन कंडेल निर्देशन गरेका हुन् । माया पिरतीका कुरा अनि प्रेममा हुदाको अवस्था , एक अर्काको खुसिमा खुसि हुने र दुखमा दुखि हुने पललाइ निकै आकर्षण तरिकाले यस भिडियोमा निर्देशक कंडेलले उतारेका छ्न ।
https://www.youtube.com/watch?v=y4r6NSs5km4
गीतको भिडियोलाई निकै आकर्षण र मोहक तरिकाले निर्देशन गरि तयार गरेको यस भिडियोलाई अर्जुन तिवारीले खिचेका छन । भिडियोमा श्रीजल बरालको कोरियोग्राफी , निशान घिमिरेको सम्पादन रहेको छ भने गीतको भिडियो छायांकनमा द्रोण भने सुरेश काफ्लेले उदाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*