Saturday , 20 October 2018
News update
Home >> Features >> चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने,नायकमा केवल जंग कुँवरले डेब्यु गर्दै (भिडियो)

चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने,नायकमा केवल जंग कुँवरले डेब्यु गर्दै (भिडियो)

राजु अधिकारीको निर्देशनमा चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने भएको छ। शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा पूजा गरेर चलचित्रको शुभ साइत गरिएको छ ।

ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती रहने फिल्मलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन् । असोज ७ गतेबाट फिल्मको छायांकन हुने निर्देशक अधिकारीले बताए ।

चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ ।यसै चलचित्र बाट नव नायक केवल जंग कुँवरलेडेब्यु गर्दैछन् ।

चितवन र मनाङ्गमा छायांकन हुने ‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन रहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*