Saturday , 20 October 2018
News update
Home >> Features >> चलचित्र ‘छिरिङ्ग’ को नयाँ गीत ‘ए कान्छा…’सार्वजनिक (भिडियो)

चलचित्र ‘छिरिङ्ग’ को नयाँ गीत ‘ए कान्छा…’सार्वजनिक (भिडियो)

यहि असोज १२ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ्ग’ को नयाँ गीत सार्वजनिक भएको छ । अरुणा लामा र रुद्र गुरुङ्गले गाएको कालजयी गीत ए कान्छा लाई छिरिङ्ग मा राखिएको हो ।

‘ए कान्छा…’नयाँ भर्सनमा गीतमा यश कुमार र सुनिता थेगिमको स्वर छ । शब्द भने पासाङ्ग बंगल्ब र यश कुमारको रहेको छ । अम्बर गुरुङ र यशको कम्पोज रहेको गीतको भिडियोमा कविराज गहतराजको कोेरियोग्राफी छ ।

अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ मा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

‘छिरिङ्ग’मा यश कुमार, निमा रुम्बा र कामना भुजेलको मुख्य अभिनय रहेको छ।कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् । कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*