Wednesday , 12 December 2018
News update
Home >> bollywood >> चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा यस्तो छ अभिनेता आमिर खान लुक्स

चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा यस्तो छ अभिनेता आमिर खान लुक्स

बलिउडको निकै चर्चित र सर्वाधिक मंहगो भनिएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा  अभिनेता आमिर खानको लुक्स सार्वजनिक भएको छ । नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् ।चलचित्रको पोस्टरमा आमिर फिरङगी अवतारमा छन् । गधामाथि बसेका आमिरको गेटअप विल्कुल फरक छ ।

चलचित्रका अभिताव बच्चन, फतिमा सना, अभिनेत्री कट्रिना कैफको लुक्स सार्वजनिक भइसकेको छ । यसैले यशराज ब्यानरमा निर्माण भएको यो चलचित्रमा आमिरले फेरि धुम मच्चाउने विश्वास गरिएको छ ।

चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ ।यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ विजय कृष्ण आचार्य निर्देशित यो चलचित्र ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*