Saturday , 20 October 2018
News update
Home >> Features >> बहुचर्चित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक (भिडियो)

बहुचर्चित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक (भिडियो)

बहुचर्चित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ र फतिमा सना शेखलाई प्रस्तुत गरिएको छ ।

देशलाई आजाद बनाउन चाहने अमिताभ, क्याटरिना, फतिमा र ठग्स आमिर बिचको द्धन्द्वको वरिपरि सिनेमाको कथा घुमेको छ ।यशराज फिल्मसको व्यानर निर्माण भएको बहुप्रतिक्षित सिनेमा ‘ठग्स अफ हिन्दोस्तान’को बलिउड सुपरस्टार अमिताभ बच्चन र आम‍िर खान पहिलो पटक एक साथ देखिन लागेका हुन् ।

दिपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । उक्त फिल्म तीन भाषामा रिलिज हुनेछ ।

‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड भारतीय रुपैयाँ खर्च भएको छ । बताइए अनुसार सिनेमाका लागि १८ औं शताब्दीको भारतको पनि सेट बनाइएको छ । सिनेमामा जोडिएका विभिन्न व्यक्तिहरुले यो कुराको पुष्टि गरेका छन् । ‘ठग्स अफ हिन्दुस्तान’को इटलीको माल्टा, थाइल्यान्डको बैंकक र भारतका जोधपुर र गोवाको विभिन्न क्षेत्रमा छायांकन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*