Tuesday , 11 December 2018
News update
Home >> Features >> संगीतकार दीपक शर्माले जन्मदिनमा पत्नि शान्ता अर्याललाई दिए यस्तो उपहार(भिडियो)

संगीतकार दीपक शर्माले जन्मदिनमा पत्नि शान्ता अर्याललाई दिए यस्तो उपहार(भिडियो)

चर्चित संगीतकार दीपक शर्माले  आफ्नो श्रीमती शान्ता अर्याल सग मिलेर नया गीत सार्वजनिक गरेका छन् ।दीपक शर्माले शान्ता अर्यालको जन्मदिनमा परेर शान्ताको गायिका बन्ने जिन्दगीको एउटा सपना पुरा गर्दिनु भएको छ ।

संगीतकी बिद्यार्थी समेत रहेकी शान्ताको बाल्यकालदेखिको एउटा सपना थियो आफ्नै आवाजमा गीत रेकर्ड गराउने । जुन कुरा उनको जन्म दिनमा आएर पूरा भएको छ । शान्ताले कस्तो होला काठमाण्डू बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गर्दै जन्मदिनमा आफ्नो आवाजको दम समेत देखाउन सफल भएकी छिन् ।

कस्तो होला काठमाण्डू बोलको गीतमा चर्चित संगीतकार दिपक शर्माको शब्द संगीत समावेश रहेको छ । सार्वजनिक गीतबाट शान्ताले प्रेमीले धोका दिँदा आँफुले धेरै दुख पाएको र एकतर्फी माया प्रेम लगाएको कुरा गरेकी छिन् । संगीतकार शर्मा पछिल्लो पुस्ताका चर्चित संगीतकार मध्येका एक हुन् । उनले चलचित्र छक्का पञ्जा ३ को पहिलो नम्बरमा, मंगलम फिल्मको पर्ख पर्ख मायालु लगायतका सफल गीतमा शब्द तथा संगीत दिएर चर्चाको शिखरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*