Saturday , 20 October 2018
News update
Home >> Features >> चलचित्र ‘ड्रिम गर्ल’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘ड्रिम गर्ल’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

मंसीर ७ गते प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम गर्ल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।नेपाल र थाइल्याण्डमा खिचिएको फिल्मको ट्रेलरमा बिशेष गरेर प्रेम, द्वन्द्व, रोमान्स, विछोड देखाउन खोजिएको छ ।

चलचित्रमा आकाश श्रेष्ठ र नव-नायिका आश्मा गिरीको मुख्य भूमिका रहेको छ । आकाश र आश्मा सगै ‘ड्रिम गर्ल’ मा सरोज खनाल, विल्सन बिक्रम राई,शिशिर भण्डारी,अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतले पनि अभिनय गरेका छन् ।

आरबि मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘ड्रिम गर्ल’ लाई ऋषिराज आचार्य निर्देशन गरेका हुन् ।चलचित्रमा ऋषिराजसँगै अर्जुन शर्मा, रामेश्वर धितालको लगानी रहेको छ । यस चलचित्रमा सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

राहुल राईको छायांकन रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।ट्रेलर रिलिज कार्यक्रममा निर्देशक ऋषिराजले निर्देशन गर्ने नयाँ दुई चलचित्रको पनि घोषणा गरिएको छ । ‘चुरीफुरी’ र ‘द्रोपदी’ नामको दुई चलचित्र निर्देशक ऋषिराजले बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*