Sunday , 16 June 2019
News update
Home >> Features >> नायिका तथा गायिका सारिका घिमिरेको दिल टुटे पछि (भिडियो)

नायिका तथा गायिका सारिका घिमिरेको दिल टुटे पछि (भिडियो)

नायिका बाट गायिका बनेकी सारिका घिमिरेको नया गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘दिल टुटेयो कसरी भनु म….’को गीतको भिडियोमा सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको छ।

गतवर्ष मोहनी एल्बम स्रोता/दर्शकमाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ अग्लाएकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् ।

विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।अभिनयसँगसँगै गायनमा पनि व्यस्त रहेकी शारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउँन सक्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*