Wednesday , 12 December 2018
News update
Home >> kollywood >> ‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक (भिडियो)

‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक भएको छ । पौष १३ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको गीत आज राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अहिले पार्श्व गायनमा जमेका जोडी राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ ।

गीतमा दिपी खनालको शब्द तथा कृष्ण भारद्वाजको संगीत रहेको छ । लोक फ्लेवरमा गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम फिचर्ड रहेका छन । प्रियंका, सुशिल र आमिरलाई बिक्रम स्वारले कोरियोग्राफी गर्दै नचाएका हुन् । गीतमा अन्य कुरामा भन्दा पनि काफलको लागि नै धेरै खर्च गरिएको बताईएको छ ।

गीतको बोल नै काफल पाक्यो रहेको र काफल देखाउन पर्ने हुँदा रियल काफल नभई आर्टिफिसियल काफल प्रयोग गरिएको हो, जुन काफल छिमेकी राष्ट्र भारतबाट ल्याईएको हो । जोनी सिंह रानाको कथा तथा निर्देशन रहेको चलचित्रमा आफुले आफुलाई बढा बादशाह भन्ने युवाको कथा रहेको छ ।

एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा सुशिल र आमिरको अलावा रोबिन तामाङ, रोशी खड्का, कमलमणी नेपाल आदिको मुख्य अभिनय रहेको छ । ‘काफल पाक्यो’ बोलको गीतमा ठुम्का लगाएकी अभिनेत्री प्रियंका कार्कीको भने चलचित्रमा बिशेष भूमिका मात्र रहेको छ । चलचित्रमा हर्क कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) को निर्माण रहेको छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*