Tuesday , 18 December 2018
News update
Home >> kollywood >> ‘गोजी दाम छैन’ लाई १ करोड

‘गोजी दाम छैन’ लाई १ करोड

करिब ५० दिन अघी गोजीमा दाम छैन रिलिज भएको थियो । चलचित्र ‘चङ्गा चेट’ मा समावेश गीत सार्वजनिक भएको ५० दिनमा १ करोड प्राप्त भएको छ । तर यहाँ १ करोड पैसा हैन कि भ्युज को कुरा हो । कार्तिक १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन’ बोलको गीतले युट्युबमा सार्वजनिक भएको ५० दिनमा १ करोड प्लस भ्यु प्राप्त गरेको हो ।

राजनराज सिवाकोटी, मेलिना राई र ग्रीश्मा सिवाकोटीको आवाज रहेको गीतले सार्वजनिक भए सँगै निकै चर्चा पाएको थियो । गीतले १ करोड भ्युज पार गर्दा ५० हजार प्लस लाईक्स प्राप्त गरेको छ भने ५ हजार भन्दा बढी डिसलाईक्स प्रात्प गरेको छ । गीतमा हरिहर तिमल्सिनाको शब्द रहेको छ भने राजनराज सिवाकोटीको संगीत रहेको छ ।

यस्तै संगीत संयोजन भने राजन इशानले गरेका छन् । गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त आदिको फिचरिङ्ग रहेको छ भने प्रविन सिंहको कोरियोग्राफी रहेको छ । कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण रहेको छ । चलचित्रमा अर्पण थापाको पनि अभिनय रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको छोटो भूमिका रहेको छ । चलचित्रको ट्रेलर हिजै मात्र रिलिज भएको थियो । ट्रेलरले अहिले सम्म ३ लाख भन्दा बढी भ्यु प्राप्त गरिसएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*