Tuesday , 16 October 2018
News update
Home >> Features >> ‘क्यारेङ्ग ग्याङ्ग ३’ को गीत सार्वजनिक (भिडियो)

‘क्यारेङ्ग ग्याङ्ग ३’ को गीत सार्वजनिक (भिडियो)

एक समय निकै चर्चा पाएको चलचित्र ‘क्यारेङ्ग ग्याङ्ग’ को सिक्वेल ‘क्यारेङ्ग ग्याङ्ग ३’ को गीत सार्वजनिक भएको छ । बजारमा खास्सै चर्चा नभएको ‘क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रब्लम’ बोलको गीत आज सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा सानु खड्काको आवाज रहेको छ । गीतमा राजु लामाको शब्द तथा सानु खड्काकै संगीत रहेको छ । गीतमा गुन्यु चोलो लाउदा, अङ्रेजी बोल्दा कुनै प्रब्लम नभएको भन्ने भाव रहेको छ ।

सफ्ट रक भर्जनको गीतमा मनोज चौलागाईंको एरेन्ज रहेको छ । गीत सार्वजनिक भए पनि फिल्मको भने अत्तोपत्तो छैन । यती सम्म कि चलचित्र बनेको भन्ने कुरा पनि सायदै धेरैलाई अत्तोपत्तो छैन ।फिल्मको चर्चा त छैन छैन सार्वजनिक गीतमा पनि खास्सै दम छैन ।

राजु लामाको फिल्ममा निर्माण तथा निर्देशन रहेको छ । जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । फिल्ममा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*