Monday , 15 October 2018
News update
Home >> Features >> चलचित्र ‘छक्का पञ्जा ३’लाई मल्टिप्लेक्स सहित देशभरिका हलमा सर्वाधिक शो

चलचित्र ‘छक्का पञ्जा ३’लाई मल्टिप्लेक्स सहित देशभरिका हलमा सर्वाधिक शो

भोलि बाट प्रदर्शनमा आउन लागेको यस बर्षको बहु प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला गरिएको छ । राजधानी र राजधानी बाहिरका मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको हो । देशभरिका सम्पूर्ण हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’ देशका १४० भन्दा बढी पर्दामा एक साथ प्रदर्शनमा आउदै छ ।

दशैंको अबसरमा रिलिज हुने मल्टीस्टारर चलचित्र ‘छक्का पञ्जा ३’ क्युएफएक्स अन्र्तगतका हलमा सर्वाधिक ३० शो दिइएको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई क्युएफएक्सले २६ शोज बाँडेको थियो । बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा फिल्मको टिकट दर्शकले ‘रिजर्भ’ गर्न थालिसकेका छन् ।

‘छक्का पञ्जा ३’ क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज दिएका छन् । बुकिङ खुल्ला गरिएको केही समय नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ ।

२ घण्टा २० मिनेट लामो यस चलचित्रलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट दिएको छ ।चलचित्रको सेन्सरमा कुनै पनि दृष्य नकाटी चलचित्र पास गरिएको छ ।अब चलचित्र सबै वर्गको दर्शकले हेर्न पाउने भएका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ ।चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ। दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ। पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*