Tuesday , 16 October 2018
News update
Home >> Features >> योगेश घिमिरेको ‘प्रेम दिवस’ घटस्थापनाको अवसर पारेर शुभमुर्हत

योगेश घिमिरेको ‘प्रेम दिवस’ घटस्थापनाको अवसर पारेर शुभमुर्हत

घटस्थापनाको अवसर पारेर चलचित्र ‘प्रेम दिवस’को स्कृप्ट र क्ल्याप पुजा गर्दै शुभमुर्हत गरिएको छ । बुधबार राजधानीको मैतीदेवी मन्दिरमा चलचित्रको शुभमुर्हत गरिएको हो ।

योगेश घिमिरेको निर्देशन र सञ्जय न्यौपानेमाको निर्माणमा तयार हुने चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हतमा निर्देशक योगेश घिमिरे निर्माता सञ्जय न्यौपाने, डेव्यु अभिनेता विशाल खरेल, पटकथा लेखक प्रदीप भारद्धाजको उपस्थीती रहेको थियो ।

कार्तिक ८ गतेका दिन झापाबाट छायांकन सुरु गरिने सिनेमामा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकार को मुख्य भुमिका रहने छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली सिनेमामा डेव्यु गर्न लागेका हुन् ।

सिनेमामा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*