Thursday , 15 November 2018
News update
Home >> Features >> चलचित्र ‘छक्का पञ्जा ३’को बम्पर ‘ओपनिङ’,पहिलो दिन १ करोड २० लाख कलेक्सन

चलचित्र ‘छक्का पञ्जा ३’को बम्पर ‘ओपनिङ’,पहिलो दिन १ करोड २० लाख कलेक्सन

बुधबार बाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले वर्षकै ठूलो ‘ओपनिङ’ गरिएको छ ।प्रदर्शनमा आएको पहिलो दिन नै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको ठुलो साथ पाएको छ ।

चलचित्र ‘छक्का पञ्जा ३’ ले बुधबार देशका सबै जसो हलमा हाउसफुलको व्यापार गरेको छ । गोपीकृष्ण मुभिजका ४ वटा पर्दा बुधबार बिहानी शोमा हाउसफुल भएका भयो भने दिउसोको सो मा दर्शकको चाप अझै थपीएको थियो ।अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा बुधबार फिल्म हेन्रे दर्शकको ठुलै भिड लागेको थियो ।

सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ३० सोज उपलब्ध गराएको थियो । क्यूएफएक्स सबै जसो सो हाउसफुल रहे । क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज सबैतिर दर्शकको भीड रहेको थियो । चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

चितवनका मुख्य हलहरुमा बिहानै देखि दर्शको भिड लागेको थियो ।चितवनमा बुधबार मात्रै १० लाख माथिको कलेक्सन गरेको छ ।बुधबार देशभरिको अधिकारिक कलेक्सन रिपोट सार्वजनिक नभए पनि चलचित्र करिब एक करोड २० लाख माथिको व्यापार गरिएको  बुझिएको छ ।

‘छक्का पञ्जा ३’ हेरेर निस्किएका दर्शक यस पाली साचिकै यस अघिका चलचित्र भन्दा राम्रो बनेको भन्दै चलचित्रको खुलेरै तारिफ गरेका छन् । बुधबार बिना बिदा दिन पनि चलचित्रले यति ठुलो ओपनिङ्ग गरेको देखादा हल संचालकहरुले शनिबार चलचित्र हेर्न मानब सागर आउने र त्यसलाई ब्यबस्थापन गर्न कठिन हुने बताएका छन् ।

चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*