Thursday , 15 November 2018
News update
Home >> Features >> नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ चितवनमा

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ चितवनमा

असोज २५ –

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ चितवन अाईपुगेको छ । गायक भेषराज गौतमको आवाजमा रहेको ‘मुसु मुसु’ बोलको गीत सुटिङको लागि उनिहरु चितवन आएका हुन् । गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका गौतम पहिलो पटक गायकको रुपमा दर्शक श्रोताहरु माझ आउन लागेका हुन् । गीत गाउने रहर पहिले देखी नै भए पनि बिभिन्न करणले सम्भव नभएको गौतमले बताएका छन् । यो गीत सँगै अब बिस्तारै यसलाई पेशाको रुपमा अघी बढाउने आफ्नो लक्ष्य रहेको गौतमको भनाई रहेको छ । डान्सिङ प्याटर्नमा रहेको गीतको केही भाग सौरहामा सुटिङ गरिएको छ । यस्तै आज केही सट कसरामा लिए पछी सुटिङ सकिने छ ।गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिरहेका छन् ।

गायक भेषराज गौतमको आवाज रहेको गीत आफुहरुलाई धेरै नै मन परेको र यसमा हामीले राम्रो गर्न सक्छौ भन्ने लागेर नै काम गरेको क्रुको भनाई रहेको छ । गीतको भिडियो ‘दी कार्टुन्ज क्रु’ ले अहिले सम्म गरेको भन्दा धेरै फरक रहेको क्रु को भनाई रहेको छ । यो गीतको भिडियोबाट दर्शकहरुके बिककुलाई फरक स्वाद लिन पाउने बताईएको छ । भिडियोको लागि १ बर्ष अघी नै कुरा भएको थियो तर  ब्यस्तताको कारण ढिलाई  भएको क्रुले बताएको छ ।

चितवन आएका ‘दी कार्टुन्ज क्रु’ ले यहाँको फ्यानहरुबाट निकै माया पाएको बताएका छन् । यस अघी पनि चितवन आएको भएता पनि सुटिङकै लागि भने पहिलो पटक आएको ‘दी कार्टुन्ज क्रु’ का सरोज अधिकारी बताएका छन् । चितवनबासी धेरै नै सहयोगी रहेछन्, सुटिङको क्रममा पनि उहाहरुले एकदमै सहयोग गर्नु भयो – सरोजले भने । चितवनमा आएर सुटिङ गर्दा एक दमै रमाइलो भईरहेको सरोजले बताए ।

यस्तै क्रु कि सदस्य आश्मा विश्वकर्माले चितवनबासीको माया देखेर एकदमै खुशी लागेको बताईन । ‘उहाहरु हाम्रो सुटिङ स्थलमा आउनु हुन्छ, हामीलाई सुटको क्रममा केही आवश्यक पर्‍यो भने तुरुन्तै उपलब्ध गराईदिनु हुन्छ, यो देखेर एक दम खुशी लाग्यो – आश्माले बताईन । आश्माले चितवनबाट यस्तो माया सधैं पाईरहे विश्वाश समेत ब्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*