‘लभ स्टेशन’मा प्रदीप खड्का र जसिता गुरुङको यस्तो छ लुक्स Posted by: namastefilmy October 12, 2018 नायक प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’ को सुटिङ सेटबाट केहि तस्बिर बाहिरिएको छ।दर्जिलिङको विभिन्न ठाउमा यति बेला चलचित्रको छायांकन भै रहेको छ। सार्वजनिक तस्बिर हेर्दा प्रदीप खड्का गायकको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । एउटा फोटोमा प्रदीपको हातमा गितार छ भने अर्को फोटोमा प्रदीप र जसितारोमान्टिक अन्दाजमा देखिएका छन् ।३५ दिनको तालिका बनाएर दार्जिलिङ छायाँकन भईरहेको फिल्मको ५० प्रतिशत छायांकन सकिएको छ । उज्जवल घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘लभ स्टेशन’फागुनमा रिलिज गर्ने तयारीको साथ छायांकन भै रहेको छ । ‘लिलिबिली’ का जोडी प्रदीप र जसिताको जोडी सगै यस चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको पनि ‘लभ स्टेशन’ मा अभिनय छ । चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । ‘लभ स्टेशन’ लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । 2018-10-12 namastefilmy Share ! tweet