Thursday , 15 November 2018
News update
Home >> Features >> चलचित्र ‘शान्ति’ को गीतमा सुशिल क्षेत्री र निशा पोमु ‘बलेसीमा पानी खस्यो’ भन्दै (भिडियो )

चलचित्र ‘शान्ति’ को गीतमा सुशिल क्षेत्री र निशा पोमु ‘बलेसीमा पानी खस्यो’ भन्दै (भिडियो )

चलचित्र ‘शान्ति’ को बलेसीमा पानी खस्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ । सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ ।

चलचित्रका निर्देशक दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ । चलचित्र आगामी मंसिर १४ गते रिलिज हुदैछ।

चलचित्रमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*