Thursday , 15 November 2018
News update
Home >> Features >> ‘छक्का पञ्जा ३’ को ब्यापार ४ करोड ५० लाख माथि, शनिबार एकै दिनमा डेढ करोड कमायो

‘छक्का पञ्जा ३’ को ब्यापार ४ करोड ५० लाख माथि, शनिबार एकै दिनमा डेढ करोड कमायो

असोज २८ –

असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले शनिबार चौथो दिन सम्म आईपुग्दा पनि देशभर आक्रमक ब्यापार गरिरहेको छ । सोलो रिलिज पाएको ‘छक्का पञ्जा ३’ सबै मल्टिप्लेक्स र  सिङगल थिएटर हाउस फुल भएका छन् । दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ ले हिजो शनिबार मात्रै देशभर १ करोड ५० लाख भन्दा माथिको ब्यापार गरेको छ । चलचित्रले अहिले सम्म देशभर ४ करोड ५० लाख भन्दा माथिको ब्यापार गरिसकेको छ ।तर चलचित्रको निर्माण युनिटले अहिले सम्मको कलेक्सन सार्वजनिक भने गरेको छन् ।

राजधानी काठमाण्डौका सबै हलहरु हाउसफुल भएका छन् । गोपीकृष्ण मुभिज,अष्टनारायण, गुण, गंगालगायतका सिंगल थिएटरमा पनि हाउसफुल भएका छन् । हिजो नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्समा पनि हाउसफुल भएको थियो । क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज पनि हाउसफुल थिए ।

चितवनको नारायणगढमा रहेको हलहरु पनि हिजो हाउसफुल थियो । चितवनमा मात्र चलचित्रले शनिबार एकै दिनमा १५ लाख भन्दा माथिको ब्यापार गरेको छ ।चलचित्रले चितवनमा मात्रै ४ दिनमा ४२ लाख माथिको ब्यापार गरिसएको छ ।

चलचित्रले ‘वर्ड अफ माउथ’ निकै राम्रो पाईरहेको छ । चलचित्र हेरिसकेका सबै दर्शकहरुले ‘छक्का पञ्जा’ को अहिले सम्म कै सबै भन्दा राम्रो सिरिज ‘छक्का पञ्जा ३’ भएको बताएका छन् । चलचित्रको कथा बस्तु, निर्देशन,कलाकारहरुको अभिनय, चलचित्रको प्रस्तुतीकरण सबैको दर्शकहरुले खुलेर तारिफ गरेका छन् ।

सन्जाल भरी ‘छक्का पञ्जा ३’ लाई सकारात्मक प्रतिकृया मिलिरहेको छ । दिपा श्री निरौला निर्देशित चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला आदिको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*