Thursday , 15 November 2018
News update
Home >> kollywood >> ‘प्रशाद’ को दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक (भिडियो)

‘प्रशाद’ को दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक (भिडियो)

चलचित्र ‘प्रशाद’को ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । यस अघी सार्वजनिक ‘लै लै लै’ बोलको गीतबाट निकै हाईप पाएको चलचित्र ‘प्रशाद’ को दोस्रो गीत आज सार्वजनिक भएको छ । यस अघी सार्वजनिक ‘लै लै लै’ बोलको गीत निकै मार्मिक रहेको थियो भने आज सार्वजनिक भएको गीत ‘बनकी चरी’ भने डान्सिङ प्याटर्नमा बनेको छ ।

सार्वजनिक गीतमा रुपक डोटेल र अन्जु पन्तको आवाज रहेको छ । यस्तै गीतमा बि पाण्डेको शब्द रहेको छ भने सुबाश भुषालको संगीत रहेको छ । गीतमा अहिलेका चर्चित तथा ब्यस्त एरेन्जर उदयराज पौडेलको एरेन्ज रहेको छ भने शिव बिकको कोरियोग्राफी रहेको छ ।गीतमा चलचित्रका मुख्य कलाकारहरु बिपिन कार्की र निश्चल बस्नेत सँगै अहिलेकी चर्चित मोडल एन्जिला अधिकारीको पनि फिचरिङ्ग रहेको छ । गीतमा बिपिन कार्कीलाई गायकको रुपमा देखाईएको छ ।

सुबाश थापा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र प्रशाद मङ्सिर छ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रमा बिपिन र निश्चलको अलावा नम्रता श्रेष्ठको पनि मुख्य अभिनय रहेको छ । सुबाश थापाको निर्माण रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*