Wednesday , 12 December 2018
News update
Home >> bollywood >> ठग्स अफ हिन्दोस्तान असफल पछि आमिर खानले सन्यास लिन सक्ने ‘महाभारत’ हुन सक्छ अन्तिम फिल्म

ठग्स अफ हिन्दोस्तान असफल पछि आमिर खानले सन्यास लिन सक्ने ‘महाभारत’ हुन सक्छ अन्तिम फिल्म

बलिउड अभिनेता आमिर खानका फिल्म पछिल्लो डेढ दशकयता सबैजसो सुपरहिट थिए । रंग दे बसन्तीदेखि पछिल्लो फिल्म दंगलसम्म आइपुग्दा आमिरका फिल्मले बक्स अफिसमा धेरै रेकर्ड तोडे । तर, हालै रिलिज भएको फिल्म ठग्स अफ हिन्दोस्तानले भने दर्शकलाई खुसी पार्न सकेन । फिल्मले पहिलो दिन बक्स अफिसको रेकर्ड तोड्दै ठूलो ओपनिङ गर्यो तर फिल्म हेरिसकेपछि दर्शक र समीक्षकले फिल्मको यति आलोचन गरे कि बक्स अफिसमा फिल्म नराम्रोसँग पछारियो ।

आमिरका नजिकका मानिसहरुका अनुसार यो फिल्ममा केही न केही गलत छ भन्ने आमिरलाई पहिल्यै आभास भइसकेको थियो । त्यसैले उनले फिल्मको प्रमोसनको लागि पनि खासै मेहनत गरेनन् । यति सब भइसकेपछि अहिले अर्को चर्चाले बलिउड तातेको छ । बलिउडमा चर्चा छ कि अब आमिर खानले अभिनयबाट ब्रेक लिन सक्छन् । आमिर निकट स्रोतका अनुसार आमिरले अब अभिनयबाट ब्रेक लिएर फिल्म निर्माणतर्फ सक्रिय हुने तयारी गरेका छन् । आमिर महाभारतमा आधारित फिल्म बनाउँदैछन् ।

हजार करोडको लगानीमा बन्ने यो विशाल पोजेक्ट आमिरको ड्रिम प्रोजेक्ट मानिएको छ । आफ्नो फिल्मी करिअरको सबैभन्दा ठूलो सपना भएकोले आमिर यो प्रोजेक्ट सफल बनाउन लागिपर्ने र यसपछि सम्भवतः अभिनयबाटै सन्यास लिन सक्ने आमिरनिकट स्रोतको हवाला दिँदै भारतीय मिडियाले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*