Wednesday , 12 December 2018
News update
Home >> bollywood >> इटालीमा सुरु भयो बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहे

इटालीमा सुरु भयो बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहे

बलिउडको सबैभन्दा लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहे शुरु भएको छ । सोमबार उनहरुबीच टीकाटालो भयो । मंगलबार संगीत समारोह भयो । बुध र बिहीबार शाही बिहे हुनेछ ।

यो जोडी बिहेका लागि इटाली पुगेको छ । इटालीमा केही सिमित आफन्त तथा साथीहरुबीच यो बिहे भइरहेको छ । समाचारअनुसार यो जोडी सोमबारदेखि आधिकारिक रुपमा एकअर्काको भएको छ । परम्परागत प्रचलन कोकणी रितिरिवाजअुसार यो जोडीबीच सोमबार टीकाटालो भएको बताइएको छ । टीकाटालो समारोहलाई भारतीय भाषामा कोकणी फुल मुड्डी भनिन्छ । दीपिकाका बाबु प्रकाश पादुकोणले ज्वाई रणवीरलाई नारिवल दिएर आधिकारिक रुपमा स्वागत गरे ।

यसपछि जोडीले एकअर्कालाई औंठि लगाइदियो । समारोहमा उपस्थित सबैका लागि यो मुभमेन्ट इमोशनल थियो । रणवीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गर्दै यो क्षण निकै भाभुक रहेको बताएकी छन् । उनले सो क्षणमा आफ्नो आँखाबाट खुसीको आँसु आएकोसमेत बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*