Wednesday , 12 December 2018
News update
Home >> Features >> चलचित्र ‘भिलेन’को लोक फ्लेवरमा पहिलो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘भिलेन’को लोक फ्लेवरमा पहिलो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘भिलेन’को पहिलो गीत सार्वजनिक भएको छ । अन्जु पन्त र रामचन्द्र काफ्लेको आवाज रहेको ‘च्यानकुटी झ्याँई झ्याँई’ को बोलको लोक फ्लेवरको गीत आज सार्वजनिक भएको हो । गीतमा एकनारायण भण्डारीको शब्द तथा लाल कुमार बरालको संगीत रहेको छ ।

‘च्यानाकुटि झ्याई’ बोलको गीतमा सिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीले कम्मर मर्काएका छन् ।गीतमा दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

चलचित्र ‘भिलेन’मा निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेको छ । फिल्मलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा मौनता श्रेष्ठको लेखन,सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन रहेको छ ।

एक्सन जनरामा बनेको चलचित्र ‘भिलेन’ लाई मदन कस्यप घिमिरे र सौरभ लामाले खिचेका हुन् । शुक्रराज शाहको द्वन्द रहेको चलचित्र पौष २७ गतेबाट प्रदर्शनमा आउनेछ ।

बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत रहेको फिल्मलाई द ग्लोबल पिक्चर्स प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म ‘भिलेन’लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन । फिल्ममा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*