Wednesday , 12 December 2018
News update
Home >> Namaste news >> सार्वजनिक भयो दिपिका र रणवीरको विवाहको फोटो

सार्वजनिक भयो दिपिका र रणवीरको विवाहको फोटो

कार्तिक २९ – बलिउडका चर्चित अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहको फोटो सार्वजनिक भएको छ । उनिहरुको २ पटक विवाह भएको थियो । इटलीको लेक कोमोमा उनिहरुको विवाह भएको हो । दीपिका दक्षिण भारतीय भएका कारण त्यही परम्परा अनुसार हिजो विवाह गरिएको हो । यस्तै यस्तै रणवीर सिंह सिन्धी भएका कारण आज उनिहरुको सिन्धी परम्परा अनुसार विवाह भएको हो ।

विवाह सम्पन्न भए पनि गोप्य राखिएको विवाहको तस्बिर आज मात्रै सार्वजनिक गरिएको छ । दोस्रो पटक विवाह सम्पन्न भए पछी नेपाली समयअनुसार आज भर्खरै मात्रै रणवीर र दिपिका आफ्नो फेसबुकबाट पहिलो पटक फोटो सार्वजनिक गरेका छन् ।सार्वजनिक फोटोमा दुबै जन बेहुला बेहुलीको भेषमा रहेका छन् । २ फोटो मध्य एकमा दुबै जना खुलेर हासेका छन् भने अर्कोमा दुबै जना एक अर्का सँग कानेखुसी गरेका छन् ।

दिपिका र रणवीरको विवाह सम्पन्न भए पनि विवाहको फोटो भने सार्वजनिक गर्न निषेध गरिएको थियो । विवाहमा उपस्थित आफन्त तथा साथी – भाई सबैलाई विवाहको फोटो सार्वजनिक गर्न निषेध गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*