Tuesday , 11 December 2018
News update
Home >> music & more >> चर्चा बटुल्दै अन्जुको पहिलो गीत (भिडियो)

चर्चा बटुल्दै अन्जुको पहिलो गीत (भिडियो)

कार्तिक २९ –  एक अन्तर्वाता पछी रातारात चर्चित बनेकी अन्जु बिकको पहिलो अफिसियल गीत ‘कर्मै मेरो खोटी रैछ’ लाई अत्याधिक रुचाईएको छ । राम्रो गीत गाउँने प्रतिभा भएकी अन्जुको अन्तर्वाता सार्वजनिक भए पछी उनिलाई बिभिन्न ठाउँबाट सहयोग आएको थियो । प्रतिभा भएको तर आर्थिक अभावका कारण प्रस्फुटन गर्न नपाएकी अन्जुलाई बिभिन्न ठाउँबाट प्राप्त रकम संकलन गरी फिल्मी पाटीले पहिलो गीत रेकर्ड गराएको थियो । ‘कर्मै मेरो खोटी रैछ’ बोलको निकै मार्मिक गीत केही दिन अघी मात्रै सार्वजनिक भएको थियो । अन्जु कै अभिनय सहितको भिडियो पारी केही दिन अघी मात्रै सार्वजनिक गरिएको थियो ।

युट्युबमा सार्वजनिक भएको केही दिनमा गीतले दर्शक श्रोताहरुको मन जित्न सफल भईरहेको छ । युट्युबमा गीत हेरेका दर्शकहरुको अन्जुको खुलेर तारिफ गरेका छन् भने भिडियोले पनि निकै राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ । दर्शक श्रोताहरुले गीतको आवाज शब्द, संगीत सबै उत्कृष्ट भएको प्रतिकृया दिएका छन् ।

यस्तै भिडियोमा अन्जु बिक सँगै अन्य कलाकारहरुको अभिनिय पनि राम्रो भएको प्रतिकृया प्राप्त गरिरहेको छ । पहिलो पटक आफ्नो गीत सार्वजनिक भएर दर्शक श्रोताहरुको यती धेरै माया पाउदा निकै खुशी लागेको अन्जुले बताईन । यस्तै यहाँ सम्म पुग्छु भनेर सोच्दै नसो चेको कुरा पुरा भएको भन्दै फिल्मी पाटी परिवारलाई धन्यवाद दिईन् ।

अन्जुको आवाज रहेको गीतमा लक्ष्मी सोतीको शब्द तथा बिशाल ढकालको संगीत रहेको छ । गीतमा अन्जु बिक, मुस्कान काप्री, रन्जना सुबेदी, भिम ढुङगेल र कृष्ण पौडेलको अभिनय रहेको छ । गीतको भिडियोलाई किशोर चौधरीले निर्देशन गरेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई मेगनाथ चौधरीले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*