Saturday , 19 January 2019
News update
Home >> Features >> ‘सालको पात टपरी’ कि मरिस्का अभिनित ‘एक मानेको दही’ सार्वजनिक (भिडियो)

‘सालको पात टपरी’ कि मरिस्का अभिनित ‘एक मानेको दही’ सार्वजनिक (भिडियो)

पौष २६ – नायिका मरिश्का पोखरेल अभिनित नयाँ गीत भर्खरै सार्वजनिक भएको छ । लोक दोहोरी शैलीको गीत सालको पात टपरी हिट भएपछि उनी फेरी अर्को लोक गीतमा देखिएकी हुन् ।एक माने दही बोलको उक्त सार्वजनिक गीतमा नायिका मरिश्का पोखरेलसँगै गम्भिर विष्टले अभिनय गरेका छन् । यस गीतमा रविन बर्तौलाको आवाज रहेको छ भने शब्द रहेको छ अरुण तिवारीको । दिपक शर्माको संगीत रहेको यस गीतमा एरेन्जिङको काम सन्दिप कार्की ढालीले गरेका छन् ।

गम्भिर विष्टकै निर्देशनमा बनेको यस गीतलाई नविन निरौलाले सम्पादन गरेका छन् । राजन बर्तौला प्रोडक्सन म्यानेजरका रुपमा छन् र सिनेम्याटोग्राफीको काम बाबु श्रेष्ठले गरेका छन् । यस गीतको म्युजिक भिडियो कोरियोग्राफी भने सुबोल थापाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*